Weather : 21.12° Celsius Kathmandu
धादिङ : आज थप १३ जनामा स्क्रब टाइफस संक्रमण भएको छ। ३ जना पुरुष र १० जना महिला गरि थप १३ जनामा स्क्रब टाइफस संक्रमण भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितहरुमा निलकण्ठ नगरपालिकामा ११ जना, ज्वालामुखी गाउँपालिकामा २ जना रहेका छन । अहिलेसम्म संक्रमितत हुनेको संख्या १ सय ४७ जना पुगेको छ।
संक्रमितहरुमा ५६ जना पुरुष र ९१ जना महिला छन् । गत बर्ष २०७९/०८० मा जम्मा ४८ जनामा देखिएको स्क्रब टाइफस अहिले २ महिनाको अवधीमा १ सय ४७ जना संक्रमित भईसकेका छन्।