धादिङ स्पेशल / नीलकण्ठ / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ / नेपाल

विनाकारण गैर कानूनी ढंगबाट पक्राउ गरी थुनामा राखेर मेरो चरित्र हत्या गरियो : हरिशरण नेपाल

विनाकारण गैर कानूनी ढंगबाट पक्राउ गरी थुनामा राखेर मेरो चरित्र हत्या गरियो : हरिशरण नेपाल

धादिङ : नीलकण्ठ नगरपालिका वडा नं ९ का हरिशरण नेपालले आफुलाइ विनाकारण पक्राउ गरी गैर कानूनी ढंगबाट थुनामा राखेर आफ्नो चरित्र हत्या गरेको भन्दै आपत्ती जनाएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङले केही दिन अघि बैङ्किङ कसुरमा नेपाललाइ पक्राउ गरिएको र जरिवाना तिर्न नसकेपछि कारागार चलान गरिएको भनेर सूचना दिएको थियो ।

सर्वोच्च अदालतमा चलिरहेको मुद्धाको किनारा नलाग्दै र सर्वोच्चले थुनामा राख्नु नपर्ने उत्प्रेषण आदेश दिएकोमा जिल्ला अदालत र जिल्ला प्रहरीले सर्वोच्चको आदेशको मानहानी गरी आफुलाइ पक्राउ गरेर वेइज्जत गर्ने, मानसिक तनाव दिने, सामाजिक रुपमा चरित्र हत्या गर्ने काम भएको नेपालले बताएका छन् ।

विहीबार साँझ एक विज्ञप्ती जारी गरी नेपालले प्रहरी कार्यालयले फेसबुकमा पोष्ट गरेको सामाग्रीलाई सत्य तथ्य नबुझी, प्रहरीको एकपक्षिय भर परेर चरित्रहत्या गर्ने उद्धेश्यले समाचार प्रकाशन, प्रशारण गरेको र प्रहरीको श्रोत उल्लेख गरी प्रकाशन, प्रशारण गरिएको उक्त समाचार झुठो र भ्रामक भएको बताएका हुन् ।

उच्च अदालत पाटन ललितपुरको मिति २०७९ असार १४ र २०७९ माघ २६ को फैसला विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दर्ता गरी अहिले आफु नियमित तारिख लिइरहेको र मुद्दा नं ०८०– डब्लु ओ – ०२१६ सर्वोच्च अदालतमा विचाराधीन रहेको नेपालले विज्ञप्तीमा जनाएका छन् ।

अदालतले बैंकिङ कसुर मुद्दामा ठहरेको कैद जरिवाना बापत अदालतमा जायजेथा जमानत राखी मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा १३७ बमोजिमको सुविधा प्राप्त गरी थुनामा बस्नु नपर्ने उत्पे्रषण आदेश जारी गरेको अवस्थामा पक्राउ गरी थुनामा पठाउनु गैरकानुनी भएको नेपालले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

नेपाल हाल जिल्ला कारागार धादिङबाट रिहा भइसकेका छन् । प्रहरी कार्यालय र अदालतका कर्मचारी आर्थिक प्रलोभनमा परि सर्वोच्चको उत्प्रेषण आदेश लुकाई उच्च अदालतको आदेश देखाई आफुलाइ सुनियोजित तरिकाले फसाउन खोजेको आरोप नेपालले लगाएका छन् ।

केही कुरा बुझ्नु छ भनी प्रहरीले आफुलाइ घर नजिकैबाट पक्राउ गरेर कारागार पठाएको र सर्वोच्चको उत्प्रेषण पत्रको सक्कल प्रति पेश गरेपछि आफुलाइ जिल्ला अदालतले  ४ गते कारागारबाट रिहा गरेको नेपालले विज्ञप्तीमा जनाएका छन् ।


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल