धादिङ स्पेशल / थाक्रे / गजुरी

गृहपृष्ठ धादिङ स्पेशल / थाक्रे / गजुरी

आजदेखी पृथ्वी राजमार्ग दैनिक चार घण्टा बन्द हुने

आजदेखी पृथ्वी राजमार्ग दैनिक चार घण्टा बन्द हुने

धादिङ : पृथ्वी राजमार्गको नौविसे मलेखु सडक खण्डमा आजदेखी दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ।

धादिङको थाक्रे गाउँपालिकाको खयरघारी र गजुरी गाउँपालिकाको पोखरे खोला नजिकको स्थानमा सडक विस्तारको लागि आजदेखि रातको समय चार घण्टा बन्द हुने भएको हो।

पृथ्वीराजमार्गको नौबिसे‐मलेखु सडक खण्डको विस्तार कार्य भइरहेकाले खयरघारी र पोखरे खोला नजिक बाङ्गेमा स्वीकृत डिजाइनअनुसार सडक चौडा गर्दा निर्माणको समयमा सवारी प्रयोगकर्तालाई हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै आजदेखि २० गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म सवारी रोकिने धादिङका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले बताउनुभयो।
 

एम्वुलेन्स र सुरक्षा निकायको सवारी साधनबाहेक अन्य सबै सवारी रोकेर निर्माण कार्य सुचारु गर्न लागिएको उहाँको भनाई छ । अहिले काठमाडौं–नागढुंगा–नौबिसे त्रिभुवन राजपथ र नौबिसे–मलेखु पृथ्वीराजमार्ग सुधार तथा विस्तारको काम भइरहेको छ ।

नौबिसे–मलेखु खण्डको विभिन्न स्थानमा भीर काट्दा सडक अवरुद्ध हुने भएकाले रातको सयम सडक बन्द गरेर काम गर्दा छिटो र सुरक्षित हुने भएकाले राति चार घण्टा सडक बन्द गरिने भएको हो । पूर्वमा थाक्रे गाउँपालिका–१ एक्लेफाँट र पश्चिममा गजुरी गाउँपालिका–५ घाटबेसीमा सवारीसाधन रोकिने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
DHO Dengue
Dhading Hospital

धादिङ स्पेसल