धादिङ स्पेशल / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / अपराध

बैंकिङ कसुर मुद्दामा धादिङका हरिशरण नेपाल पक्राउ

Mahotsap
बैंकिङ कसुर मुद्दामा धादिङका हरिशरण नेपाल पक्राउ

धादिङ : धादिङबेशीबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादी पक्राउ परेका छन्।पक्राउ पर्नेमा नीलकण्ठ नगरपालिका वडा नं.९ धारापानी बस्ने वर्ष ३५ को हरिशरण नेपाल रहेका छन् ।

उच्च अदालत पाटनले पक्राउ परेका नेपालविरुद्ध सिंगा बहादुर लामाको जाहेरीमा २०७९ पुस २६ गते ५ दिन कैद, १७ लाख जरिवाना, ६८ हजार क्षतिपुर्ति र विक्रम तामाङको जाहेरीमा २०७९ असार १४ गते २ दिन कैद, १७ लाख जरिवाना, ६८ हजार क्षतिपुर्ति गरी ७ दिन कैद, ३४ लाख जरिवाना र १ लाख ३६ हजार क्षतिपुर्ति हुने फैसला सुनाएको थियो ।

अदालतको फैसलापछि फरार रहेका नेपाललाई असोज १ गते सदरमुकाम धादिङबेशी पुछारबजारबाट पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

Between Description 4

नेपाललाई धादिङ अदालतमा पेश गरिएकोमा फैसला बमोजिमको रकम दाखिला गर्न नसकेपछी कारागार पठाईएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल