धादिङ स्पेशल / धुनीवेशी / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / धुनीवेशी / गाउँ-समाज

धुनिवेशीको युनाईटेड सिमेन्ट उद्योगमा मेसिनको ठक्करबाट एक मजदुरको मृत्यु

धुनिवेशीको युनाईटेड सिमेन्ट उद्योगमा मेसिनको ठक्करबाट एक मजदुरको मृत्यु

धादिङ : जिल्लाको धुनिवेशी नगरपालिका–९ जुगेडिमा रहेको युनाइटेड सिमेन्ट उद्योगमा मेसिनको ठक्करबाट एक मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा सिमेन्ट उद्योगमा काम गर्ने भारतका ३८ वर्षीय जितेन्द्र राम रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिए।
 

आज बिहान काम गर्ने क्रममा मेसिनले ठक्कर दिदा घाईते भएका रामको काठमाण्डौस्थित मनमोहन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको मिश्रले बताए।

घटनाबारे थप अनुसन्धान भइरहेको र मृतकको शव मनमोहन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल