Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङमा पछिल्लो २४ घण्टामा ३१ जना डेङ्गीका बिरामी भेटिएका छन्। १२ जना पुरुष र १९ जना महिला गरी थप ३१ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकामा २२ जना, ज्वालामुखी गाउँपालिकामा १ जना, बेनिघाट रोराङ गाउँपालिकामा १, सिद्धलेक गाउँपालिकामा ३ जना, गंगाजमुना गाउँपालिकामा १ जना र गजुरी गाउँपालिकामा ३ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ७ सय २५ पुगेको छ। जसमा पुरुष १ हजार ३ सय २४ र महिला १ हजार ४ सय १ जना छन्।
हालसम्मको कुल संक्रमितमध्ये २ हजार २ सय ८३ जना निलकण्ठका मात्रै छन् । संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भईसकेको छ।