Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङमा डेङ्गी संक्रमित हुनेको संख्या २ हजार ६ सय नाघेको छ । साउनमा अत्यधिक बढेको संक्रमण भदौ लागे यता घट्दो क्रममा देखिएको छ।
साउनमा दैनिक ८०/९० को हाराहारीमा बिरामी देखिदा अहिले दैनिक ३०/४० जना डेङ्गीका बिरामी फेला परेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
पछिल्लो २४ घण्टामा पनि ३२ जना डेङ्गीका बिरामी भेटिएका छन्। १२ जना पुरुष र २० जना महिला गरी थप ३२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकामा २५ जना, सिद्धलेक गाउँपालिकामा ५ जना, र ज्वालामुखी गाउँपालिकामा २ जना रहेका छन्। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ६ सय १७ पुगेको छ।
जसमा पुरुष १ हजार २ सय ६९ र महिला १ हजार ३ सय ४८ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये २ हजार २ सय ९ जना निलकण्ठका मात्रै छन् ।
संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भईसकेको छ।