Weather : 21.12° Celsius Kathmandu
धादिङ : पछिल्लो २४ घण्टामा धादिङमा २७ जना डेङ्गीका बिरामी भेटिएका छन्। १७ जना पुरुष र १० जना महिला गरी थप २७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकामा १८ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, बेनिघाट रोराङ गाउँपालिकामा २ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा २ जना, धुनीबेशी नगरपालिकामा १ जना र अन्य जिल्ला परिक्षण १ जना रहेका छन्।
शनिबार ३७ जना संक्रमित थपिएका थिए। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ५ सय ८५ पुगेको छ। जसमा पुरुष १ हजार २ सय ५७ र महिला १ हजार ३ सय २८ जना छन्।
हालसम्मको कुल संक्रमितमध्ये २ हजार १ सय ८४ जना निलकण्ठका मात्रै छन् । संक्रमणकै कारण धादिङमा २ जनाको मृत्यु समेत भईसकेको छ।