धादिङ स्पेशल / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / अपराध

धादिङका एक युवकको सुनको मुन्द्रा लुट्ने दुईजना पक्राउ

Mahotsap
धादिङका एक युवकको सुनको मुन्द्रा लुट्ने दुईजना पक्राउ

धादिङ : धादिङका एक युवकको सुनको मुन्द्रा लुट्ने दुईजना पक्राउ पक्राउ परेका छन्। लुटिएको करिब आधा तोला २ थान सुनको मुन्द्रासहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा मकवानपुर थाहा नगरपालिका–१३ घर भएका २४ वर्षीय राजन लामा र उदयपुर घर भएका २२ वर्षीय अमिष भुजेल रहेका छन् । 

चन्द्रागिरि नगरपालिका–१५ तीनथाना डेरा गरी बस्ने धादिङ नौबिसे घर भएका २६ वर्षीय पुरूषले कानमा लगाएको उक्त मुन्द्रा ढुङ्गेअड्डास्थित सडकबाट लुटिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी वृत्त थानकोटबाट तत्काल खटिएको प्रहरीले उनीहरुलाई उक्त मुन्द्रासहित पक्राउ गरेको हो ।

Between Description 4

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Dhading Hospital

धादिङ स्पेसल