धादिङ स्पेशल / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / स्वास्थ्य

धादिङमा आज ७७ जना डेङ्गी संक्रमित,६७ जना नीलकण्ठका

धादिङमा आज ७७ जना डेङ्गी संक्रमित,६७ जना नीलकण्ठका

धादिङ : धादिङमा डेङ्गी संक्रमणदर दिनहुँ बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा मात्रै ७७ जनामा संक्रमण पुष्टि भएको छ।

थप ३७ जना पुरुष र ४० जना महिला गरी ७७ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

संक्रमितमध्ये नीलकण्ठ नगरपालिकामा ६७ जना, गजुरी गाउँपालिकामा ६ जना, सिद्धलेक गाउँपालिकामा २ जना र ज्वालामुखी गाउँपालिकामा २ जना रहेका छन्।

 

साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ६ सय ८२ पुगेको छ। जसमा पुरुष ८ सय ४८ जना, महिला ८ सय ३४ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये १ हजार ४ सय ६७ जना निलकण्ठ नगरपालिकाको मात्रै  रहेका छन् ।
 

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल