आर्थिक / गाउँ-समाज

गृहपृष्ठ आर्थिक / गाउँ-समाज

सेवा विक्रीको आम्दानीमा कमी र खर्च बढ्दा नेपाल टेलिकमको नाफा घट्यो

सेवा विक्रीको आम्दानीमा कमी र खर्च बढ्दा नेपाल टेलिकमको नाफा घट्यो

काठमाडौं : सेवा बिक्रीको आम्दानीमा गिरावट र  सञ्चालन खर्चमा वृद्धि हुँदा नेपाल दुरसञ्चार कम्पनी (नेपाल टेलिकम) को नाफा घटेको छ । गत आर्थिक वर्ष २०७९र८० मा कम्पनीले ७ अर्ब ८० करोड ४५ लाख २७ हजार रुपैयाँ नाफा कमाएको छ ।

आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ४७ करोड ७ लाख ३४ हजार नाफा कमाएकोमा गत आर्थिक वर्षमा कम्पनी नाफा ७.८६ प्रतिशतले गिरावट भएको हो । कम्पनीको सेवा बिक्रीबाट हुने आम्दानी घटेपनि कम्पनीको वित्तीय आमदानीमा वृद्धि हुँदा कुल आम्दानी सामान्य बढेको छ ।

आर्थिक वर्ष २०७८र७९ मा ३७ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ सेवा बिक्रीबाट आम्दानी गरेको कम्पनीले गत आर्थिक वर्षमा ३६ अर्ब ८० करोड ४० लाख रुपैयाँ मात्रै आम्दानी गरेको छ ।

तर, वित्तीय आम्दानी भने ५ अर्ब ९० करोड ७४ लाखबाट बढेर ७ अर्ब ७६ करोड ५१ लाख रुपैयाँ पुगेको छ । जसले गर्दा कम्पनीको कुल आम्दानी ४४ अर्ब ३७ करोड ४५ लाखबाट बढेर ४४ अर्ब ८६ करोड ८७ लाख पुगेको छ ।

कुल आम्दानीमा वृद्धि भएपनि कम्पनीले खर्च व्यवस्थापन गर्न नसक्दा नाफा घटेको हो । कम्पनीको कर्मचारी खर्च ७ अर्ब ३६ करोड ९७ लाखबाट बढेर ८ अर्ब ३३ लाख रुपैयाँ पुगेको छ ।

सञ्चालन तथा अन्य ममर्त खर्च ७ अर्ब ५ करोड ८३ लाखबाट बढेर ७ अर्ब ५० करोड १२ लाख पुगेको छ । कम्पनीको वित्तीय खर्च ७७ करोड ९ लाखबाट ४७ करोड ५० लाखमा झर्दा ह्रासकट्टी  ५ अर्ब ६१ करोड ४६ लाखबाट बढेर ६ अर्ब १९ करोड ९५ लाख पुगेको छ ।

कम्पनीको विभिन्न खर्चमा भएको वृद्धिले गर्दा  नाफामा गिरावट भएको हो । १८ अर्ब चुक्तापूँजी रहेको कम्पनीको नाफा घट्दै प्रतिसेयर आम्दानी ४७ रुपैयाँ ०६ पैसाबाट घटेर ४३ रुपैयाँ ३६ पैसामा झरेको छ ।

कम्पनीको जगेडा तथा सञिचत कोषमा ७५ अर्ब ८२ करोड ५२ लाख रहेको छ । ५ सय २१ रुपैयाँ २७ प्रसा प्रतिसेयर नेटवर्थ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात २०.९२ गुणा छ ।

कम्पनीको दिर्घकालिन ऋण १ अर्ब १८ करोड ३७ लाखबाट घटेर ९८ करोड ६५ लाखमा झरेको छ । कर्मचारीले ३ अर्ब ७९ करोड ४० लाख ऋण लिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल