Weather : 17.12° Celsius Kathmandu
धादिङ : धादिङमा पछिल्लो २४ घण्टामा मात्रै ८० जनामा संक्रमण पुष्टि भएको छ। थप ४३ जना पुरुष र ३७ जना महिला गरी ८० जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये नीलकण्ठ नगरपालिकामा ७६ जना, ज्वालामुखी गाउँपालिकामा २ जना, सिद्धलेक गाउँपालिकामा १ जना र गजुरी गाउँपालिकामा १ जना रहेका छन्।
साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या १ हजार ५ सय ३२ पुगेको छ । जसमा पुरुष ७ सय ८७, महिला ७ सय ४५ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये १ हजार ३ सय ३७ जना निलकण्ठका मात्रै छन् ।
साउन महिनासँगै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ । नेपालमा विसं २०६१ मा पहिलो पटक देखापरेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ।