धादिङ स्पेशल / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / स्वास्थ्य

आज धादिङमा १ सय ८ जनामा डेङ्गी संक्रमण, ३ हप्तामा झण्डै ९ सय जना संक्रमित

Nikantha Na Pa
आज धादिङमा १ सय ८ जनामा डेङ्गी संक्रमण, ३ हप्तामा झण्डै ९ सय जना संक्रमित

धादिङ : धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ । ३ हप्ताको अवधीमा झण्डै ९ सय जनालाई संक्रमण देखिएको छ ।

शनिबार र आईतबारमात्रै थप १ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । हिजो शनिबार ५७ जना र आज आईतबार ५१ जना गरी १ सय ८ संक्रमित थपिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाकामा ९० जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ५ जना, गंगाजमुना गाउँपालिकामा ५ जना, ज्वालामुखी गाउँपालिकामा ४ जना, सिद्धलेक गाउँपालिकामा ३ जना, रुवीभ्याली गाउँपालिकामा १ जनामा  संक्रमित रहेका छन्।

 

साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ८ सय ८५ पुगेको छ। जसमा पुरुष ४ सय ६०, महिला ४ सय २५ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये ७ सय ८५ जना निलकण्ठ नगरपालिकाका मात्रै छन् ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल