धादिङ स्पेशल / गाउँ-समाज / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज / स्वास्थ्य

धादिङमा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि,लक्षण बढी खतरानक

Nikantha Na Pa
धादिङमा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि,लक्षण बढी खतरानक

धादिङ : धादिङमा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको छ।

धादिङ अस्पतालमा उपचार गर्न आएका बिभिन्न उमेर,लिङ्ग, समुदाय र विभिन्न क्षेत्रका बिरामीहरुको डेङ्गी जाँच गर्दा ल्क्ज्ञ ब्न् एयकष्तष्खभ आएकामध्ये २४ वटा नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गर्दा २ जनामा सेरोटाइप–२ स्वरूपको डेङ्गी पुष्टि भएको धादिङ अस्पतालले जनाएको छ।

यसरी पटक पटक विभिन्न प्रकारका सेरोटाईपबाट संक्रमित हुँदा यसले मानव स्वास्थ्यमा थप जटिलता आउने सक्ने हुँदा रोग नियन्त्रणको लागि लामखुट्टेको बासस्थान खोज तथा नष्ट गर्न अस्पतालले अनुरोध गरेको छ ।

धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ७ सय २७ पुगेको छ।जसमा पुरुष ३ सय ७९, महिला ३ सय ३८ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये ६ सय ५७ जना निलकण्ठ नगरपालिकाका मात्रै छन् ।

नेपालमा डेंगु भाइरसको सङ्क्रमण सेरोटाइप–२ स्वरूप बढी सक्रिय रहेको पाइएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र धरानको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ नमूना परीक्षण गरेको थियो। परीक्षणमा सेरोटाइप–१, सेरोटाइप–२ र सेरोटाइप–३ देखिएको छ।

    तीमध्ये सेरोटाइप–१ केहीमा र सेरोटाइप–३ पनि देखिएको छ।सन् २०२२ मा भने सेरोटाइप–१ र सेरोटाइप–३ बढी देखिएको र सन् २०१९ मा गरिएको नमुना परीक्षणमा सेरोटाइप–१ र सेरोटाइप–२ देखिएको महाशाखाले जनाएको छ।

Between Description 4

   एउटा सेरोटाइप देखिएपछि अर्को सेरोटाइप पुनः मानिसलाई भएपछि अलि खतरनाक हुने बताइन्छ।अहिलेसम्म नेपालमा डेंगु सङ्क्रमणका चारवटै स्वरूपका सेरोटाइप देखिएका छन्।एउटा स्वरुपको सेरोपाइप मानिसमा देखिएपछि फेरि पनि त्यही नलाग्ने हुन्छ।

   पहिलोपटक सेरोटाइप–१ डेंगुको स्वरूप देखिएको छ भने अर्कोपटक सङ्क्रमण हुँदा सेरोटाइप–२ वा सेरोपाइप–३ देखिन्छ यसरी पुनः डेंगु देखियो भने बिरामीलाई बढी जटिल बनाउने महाशाखाले जनाएको छ ।

    लगातार परिरहेको पानीले गर्दा र सरसफाइमा ध्यान नदिँदा सङ्क्रमण दैनिक बढिरहेको महाशाखाले जनाएको छ। डेंगु पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुल लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि लाग्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
100 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल