धादिङ स्पेशल / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / स्वास्थ्य

धादिङमा आज ६२ जनामा डेङ्गीका विरामी थपिए

Nikantha Na Pa
धादिङमा आज ६२ जनामा डेङ्गीका विरामी थपिए

धादिङ : धादिङमा केही सातादेखि डेङ्गी संक्रमणदर बढ्दो क्रममा छ। पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको छ। थप ३५ जना पुरुष र २७ जना महिला गरी ६२ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।

संक्रमितमध्ये नीलकण्ठ नगरपालिकाका ५३ जना,गंगाजमुनाका २ जना, नेत्रावती डवजोङका २ जना र सिद्धलेकका १ जना रहेका छन् । साउन १ यता जिल्लामा संक्रमित हुनेको संख्या ७ सय २७ पुगेको छ।

जसमा पुरुष ३ सय ७९, महिला ३ सय ३८ जना छन्। हालसम्मको कुल संक्रमितमध्ये ६ सय ५७ जना निलकण्ठका मात्रै छन् । साउन महिनासँगै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ।

डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।

    डेंगीको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने,आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, रातो बिमिरा देखिने लगाएतका हुन्।

Between Description 4

    स्वास्थ्य मन्त्रालयले लामखुट्टेको टोकाइबाट जोगिनको लागि झुल टाँगेर सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्यालढोकामा जाली हाल्न, लामखुट्टे भगाउने धुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपक्षी व्यवस्थित ढङ्गले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल