गाउँ-समाज / अपराध

गृहपृष्ठ गाउँ-समाज / अपराध
Pageutter

साइबर अपराधका आरोपीलाई रेड नोटिसमार्फत नेपाल झिकाइयो

Nikantha Na Pa
साइबर अपराधका आरोपीलाई रेड नोटिसमार्फत नेपाल झिकाइयो

काठमाडौँ : इन्टरपोलबाट रेड नोटिस जारी गरि साइबर अपराधका एक प्रतिवादी म्याग्दीका २७ वर्षीय प्रकाश विकलाई मलेसियाबाट नेपाल झिकाइएको छ। 

जिल्ला अदालत काठमाडौँबाट पक्राउ अनुमति जारी भएका विकलाई नेपाल प्रहरी प्रधान कार्यालय ईन्टरपोल शाखाले ईन्टरपोल मलेसियासँग समन्वय गरी नेपाल ल्याएको हो। 

उनी वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेको जानकारी आएपछि साइबर ब्यूरो भोटाहिटीबाट अनुरोध प्राप्त भएबमोजिम विकविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलासका लागि नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाको अनुरोधमा २०७८ माघ २४ गते ईन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी गरिएको थियो।

     विकलाई आवश्यक कानुनी कारबाहीका लागि साइबर व्यूरो भोटाहिटीमा बुझाइएको प्रहरीको इन्टरपोल शाखाले जनाएको छ। ​पीडितसँग चिनजान गरी प्रेम सम्बन्धमा रहेको बखत विभिन्न बहानामा नग्न हुन बाध्य बनाई भिडियो रेकर्ड गरेका थिए। 

Between Description 4

    त्यसपछि रेकर्ड गरेका नग्न भिडियो, फोटोहरु सामाजिक सञ्जाल फेसबुकमा अपलोड गर्ने, पीडितको आफन्तलाई पठाइदिने गरेका थिए।

   पीडितले आफ्नो फेसबुक एकाउन्ट डिएक्टिभ गरेपछि निजको नाममा फेक एकाउन्ट बनाई ती सामग्री पोर्न साइटमा समेत अपलोड गरी चरित्र हत्या गरेका प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3