गाउँ-समाज / अपराध

गृहपृष्ठ गाउँ-समाज / अपराध

१७ किलो चित्तलको सुकुटीसहित तीनजना पक्राउ

१७ किलो चित्तलको सुकुटीसहित तीनजना पक्राउ

दाङ : प्रहरीले १७ किलो चित्तलको  सुकुटीसहित तीनजनालाई पक्राउ गरेको छ। लमही नगरपालिका ६ बस्ने ४५ वर्षीय नुरबहादुर कुमाल, गढवा गाउँपालिका ६ बस्ने ३० वर्षीय मनोज थापामगर र ३१ वर्षीय करण केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। 

आइतबार अपराह्न साढे ५ बजेतिर घोराही उपमहानगरपालिका ३ कुइरेपानी स्थित जंगलमा प्रहरी चौकी गोग्लीबाट खटिएको प्रहरीले चाँज गर्ने क्रममा उनीहरू पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी राजनकुमार गौतमले जानकारी दिए। 

     लमहीदेखि घोराहीतर्फ आउँदै गरेको रा २ प ६१९५ नम्बरको मोटरसाइकल बा ९१ प ११०७ नम्बरको मोटरसाइकलमा जाँच गर्ने क्रममा बा ९१ प ११०७ नम्बरको पछाडि सवार केसीले बोकेको झोलामा १७ किलो चित्तलको सुकुटी फेला परेको थियो। 

Between Description 4

    उनीहरूलाई कारबाहीका लागि डिभिजन वन कार्यालय घोराही दाङमा  बुझाएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल