Weather : 16.12° Celsius Kathmandu
धादिङ : धादिङको थाक्रे गाउँपालिका–२ बाट १ किलो ९ सय ५० ग्राम गाँजासहित एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा मकवानपुर थाहा नगरपालिका–७ बस्ने ३१ वर्षीया शर्मिला मगर रहेकी छिन् ।
शनिबार बिहान साढे ९ बजे इलाका प्रहरी कार्यालय खानीखोलाबाट खटिएको प्रहरी निरीक्षक डबलबहादुर बमको टोलीले मकवानपुरबाट आउँदै गरेको बा ५ ख ६५९० नम्बरको बसमा सवार मगरको झोला चेक गर्दा त्यसमा टेपले बेरेको दुई वटा पोका गाँजा (पोल्यान्ड) फेला परेको प्रहरीले जनाएको छ।
यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।