धादिङ स्पेशल / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / अपराध

धादिङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक जना पक्राउ

धादिङमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक जना पक्राउ

धादिङ : मजदुरीको सिलसिलामा धादिङ आएको बेला आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको कसुरमा दाङका एक जना पुरुष पक्राउ परेका छन् ।

धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर १ जिवनपुरस्थित ईट्टा उद्योगमा २०७९ पुषदेखि २०८० बैशाख ११ गतेसम्म सँगै काम गर्दै एउटै कोठामा बस्दै आएका थिए । 

त्यसैक्रमा १७ वर्षीय छोरीमाथी पटक पटक जबरजस्ती करणी गरी भएको पीडित नावालिकाको जाहेरी उल्लेख भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी बताए ।

पटक पटक जबरजस्ती करणीबाट अहिले नाबालिकाको गर्भमा पाँच महिनाको गर्भ रहेको खुल्न आएको छ । धादिङको ईट्टा उद्योगमा काम गर्दै आएपनि उनीहरु दाङमा पुगेर मात्रै घट्ना बाहिरिएको हो ।

   पीडक बाबुलाई दाङको घोराहीमा आफन्तकोमा लुकिछिपी बसिरहेको फेला पारी प्रहरीले गत बुधबार पक्राउ गरेको थियो । घटना धादिङ जिल्लामा भएकोले पक्राउ परेका पुरुषलाई हाडनाता जबरजस्ती कसुरमा धादिङ अदालतले शुक्रबार तीन दिनको म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक जैसवारले जानकारी दिए ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल