Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङमा पछिल्लो २४ घण्टामा थप १६ जनामा डेङ्गी संक्रमण पुष्टि भएको छ। आज शनिबार ११ जना पुरुष र ५ जना महिला गरी १६ जना डेङ्गीका बिरामी भेटिएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ।
संक्रमितमध्ये सिद्धलेक,ज्वालामुखी र त्रिपुरासुन्दरीका १/१ जना र नीलकण्ठ नगरपालिकाका १३ जना रहेका छन। यो सहित जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ८ सय १८ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १ हजार ५ सय ३ जना पुरुष र १ हजार ३ सय १५ महिला छन् ।
संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ८ सय ३७ जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ ।
गजुरी गाउँपालिकाकामा १ सय २० र त्रिपुरासुन्दरी गाउँपालिकाकामा ८४, ज्वालामुखी गाउँपालिकाकामा १ सय ८, धुनिबेशी नगरपालिकामा ९४, गल्छी गाउँपालिकाकामा १ सय ३२, सिद्धलेक गाउँपालिकाकामा ९६, बेनिघाट रोराङ गाउँपालिकाकामा १ सय ३९, गंगाजमुना गाउँपालिकाकामा ३५ थाक्रे गाउँपालिकाकामा १८, रुवीभ्याली गाउँपालिकाकामा २०, नेत्रावती डवजोङ गाउँपालिकाकामा १६ जनामा संक्रमण पुष्टि भएको छ।
यो तथ्याङ्क चालु आर्थिक बर्षको २०७९ साउन १ देखी २०८० असार ३० गतेसम्मको हो।
डेंगुको मुख्य लक्षणहरु :-
१. डेंगुको मुख्य लक्षण एक्कासि उच्च ज्वरो आउने र पाँचदेखि छ दिनसम्म ज्वरो रहने हुन्छ। आँखाको गेडी दुख्ने, ढाड, जोर्नी तथा मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने र ज्वरो आएको पाँच दिनपछि रातो बिमिरा देखापर्ने लक्षण देखिन सक्छ । संक्रमणबाट बच्न विज्ञहरूले सुझाव दिएका छन् ।
२. संक्रमण बढेको र जतिबेला पनि महामारी फैलन सक्ने भन्दै सचेत गराएका छन् । घर होस् वा कार्यालयमा डेंगु संक्रमण फैलाउने लामखुट्टेको फुल पार्न सक्ने ठाउँ नष्ट गर्ने तथा गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने गर्नुपर्छ ।
३. एडिस लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने भाइरल संक्रमण, डेंगुको सेरोटाइप प्रत्येक वर्ष परिवर्तन हुने गरेको छ । एडिस जातको लामखुट्टेको अण्डा एक वर्षसम्म जीवित रहन्छ ।
४. यो लामखुट्टे दिउँसोको समयमा समेत बढी सक्रिय हुने गर्दछ । वि. सं २०६१ मा पहिलो पटक डेंगु देखापरेको थियो। त्यसयता क्रमशः बढ्दै गएको तथ्याङ्कले देखाउँछ।