धादिङ स्पेशल / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / स्वास्थ्य

धादिङमा आज थप २१ जनामा डेँगु संक्रमण

Nikantha Na Pa
धादिङमा आज थप २१ जनामा डेँगु संक्रमण

धादिङ : धादिङमा आज थप २१ जनामा डेँगु संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये नीलकण्ठ नगरपालिकाका १७ जना र ज्वालामुखी गाउँपालिकाका २ जना र  रुवीभ्याली गाउँपालिकाका २ जना रहेको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ । 

यो सँगै जिल्लामा संक्रमित हुनेको संख्या २ हजार ८ सय २ जना पुगेको छ । जसमध्ये १ हजार ४ सय २६ जना पुरुष र १ हजार २ सय ६५ जना महिला छन् भने ठेगाना नखुलेको १ सय २ जना र अन्य जिल्लाबाट ९ जना रहेका छन् । 

संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ८ सय २४ जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ८ जनामा संक्रमण पुष्टि भएको छ । 

 

      त्यस्तै धुनिबेशी नगरपालिकामा ९४ जना, थाक्रे गाउँपालिकामा १८ जना,गल्छी गाउँपालिकामा १ सय ३२ जना, गजुरी गाउँपालिकामा १ सय २० जना, बेनिघाट रोराङ गाउँपालिकामा १ सय ३९ जना, सिद्धलेक गाउँपालिकामा ९५ जना, ज्वालामुखी गाउँपालिकामा १ सय ७ जना, त्रिपुरासुन्दरी गाउँपालिकामा ८३ जना, गंगाजमुना गाउँपालिकामा ३५ जना, नेत्रावती डबजोङ गाउँपालिकामा १६ जना र रुवीभ्याली गाउँपालिकामा २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यलय धादिङले जनाएको छ ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल