गाउँ-समाज / अपराध

गृहपृष्ठ गाउँ-समाज / अपराध

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ

नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एक जना पक्राउ

काठमाडौं :  प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंका असनका केशव तुलाधर रहेको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

उनका अनुसार जाहेरवाला गजेन्द्र बुढाथोकीलगायतका व्यक्तिहरुलाई ठगी गर्ने कार्यमा संलग्न भएको आरोप लागेका र फरार रहेका तुलाधरलाई सानो भर्‍याङबाट पक्राउ गरिएको हो।

    पक्राउ परेका तुलाधरलाई ठगी तथा सङ्गठित अपराधसमेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको काठमाडौं उपत्यका अनुसन्धान कार्यालयले जनाएको छ। तुलाधरसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल