धादिङ स्पेशल / शिक्षा / गाउँ-समाज

गृहपृष्ठ धादिङ स्पेशल / शिक्षा / गाउँ-समाज

धादिङ एसइई : यस वर्ष नियमित तर्फका एक जनाले मात्रै ल्याए जिपिए ४

धादिङ एसइई : यस वर्ष नियमित तर्फका एक जनाले मात्रै ल्याए जिपिए ४

धादिङ : राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ। यस वर्षको एसइईमा नियमित तर्फबाट धादिङका एक जनाले मात्र ४ जिपिए ल्याएका छन् ।

विहिबार सार्वजनिक नतिजा अनुसार, धादिङ बोर्डिङ स्कुलका आदर्श सुवेदीले ४ जिपिए ल्याएका हुन् । कास्की जिल्ला घर भई हाल नीलकण्ठ नगरपालिका–३ धादिङबेसीमा परिवारसहित बस्दै आएका सुवेदीका बुवा आमा नै शिक्षक हुन् ।

त्यस्तै नियमित तर्फबाट दुई जनाले ३ दशमलव ९५ जिपिए ल्याएका छन् । ३ दशमलव ९५ जिपीए ल्याउने दुईजना मध्य सृजना लगुन पनि धादिङ बोर्डिङकै विद्यार्थी हुन् ।

जिल्लाभरबाट नियमित तर्फबाट ११ जनाले ३ दशमलव ९० जिपिए ल्याएका छन् । नियमित तर्फबाट एसइई दिएका ५ हजार ८७ जना मध्ये ३३ जना परीक्षामा अनुपस्थित देखिएका छन् ।

      एसइई २०७९ को परिक्षामा धादिङबाट कुल ५ हजार ३ सय ८९ जना विद्यार्थीहरु सहभागी भएका थिए । प्राविधिक तर्फ २ सय ४७ जना र ग्रेड वृद्धि तर्फ ५५ जनाले परिक्षा दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल