Weather : 20.12° Celsius Kathmandu
धादिङ : बर्खा सुरु भएसँगै धादिङमा डेँगु संक्रमण फैलिँदै गएको छ। हिउँदमा शून्य भएको संक्रमण बर्खा सुरु भएसँगै फेरी बढ्न थालेको हो। आज शनिबार मात्रै ५ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
नीलकण्ठ नगरपालिकाका थप ३ जना पुरुष र २ जना महिला गरी ५ जनामा संक्रमण भएको छ । स्वास्थ्य कार्यालयका अनुसार शुक्रबार ३ जना, बिहिबार ५ जना, बुधबार ४ जनामा संक्रमण भएको थियो भने मंगलबार एकैदिन १३ जनामा संक्रमण पुष्टि भएको थियो ।
संक्रमित सबै नीलकण्ठ नगरपालिकाका हुन् । यो सँगै जिल्लामा हालसम्म संक्रमित हुनेको संख्या २ हजार ६ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। संक्रमित मध्ये १ हजार ४ सय ३५ जना पुरुष र १ हजार २ सय ५२ महिला छन् ।
संक्रमित हुने मध्ये नीलकण्ठ नगरपालिकामा सबैभन्दा धेरै १ हजार ७ सय २१ जना संक्रमित भएका छन् भने सबैभन्दा कम खनियाबास गाउँपालिकाका ७ जनामा संक्रमण पुष्टि भएको छ ।
गजुरी गाउँपालिकामा १ सय २० र त्रिपुरासुन्दरी गाउँपालिकामा ८१, ज्वालामुखी गाउँपालिकामा १ सय ४, धुनिबेशी गाउँपालिकामा ९४, गल्छीमा गाउँपालिकामा १ सय ३२, सिद्धलेक गाउँपालिकामा ९३, बेनिघाट रोराङ गाउँपालिकामा १ सय ३९, गंगाजमुना गाउँपालिकामा ३५ थाक्रे गाउँपालिकामा १८, रुवीभ्याली गाउँपालिकामा १७, नेत्रावती डवजोङ गाउँपालिकामा १५ जनामा संक्रमण पुष्टि भएको छ।
यो तथ्याङ्क चालु आर्थिक बर्षको २०७९ साउन १ देखी २०८० असार १६ गतेसम्मको हो।