धादिङ स्पेशल / गाउँ-समाज / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / गाउँ-समाज / अपराध

धादिङमा करिब १० महिनाको अवधिमा १४ सय ६३ किलो लागुऔषध सहित ६३ जना पक्राउ

धादिङमा करिब १० महिनाको अवधिमा १४ सय ६३ किलो लागुऔषध सहित ६३ जना पक्राउ

धादिङ : धादिङमा करिब १० महिनाको अवधिमा लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा ६३ जना पक्राउ परेका छन्।

चालु आर्थिक वर्ष २०७९/०८० मा २०७९ साउन १ देखी २०८० असार १० गतेसम्म लागुऔषध कारोबारमा संलग्न ६३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डिएसपी) सन्तुलाल प्रसाद जैसवारले जानकारी दिनुभयो।

लागुऔषध तर्फ प्रहरीले २ सय ५ किलो ९ सय ६० ग्राम चरेश, १ हजार २ सय ५७ किलो ५ सय ९४ ग्राम गाँजा, ट्रामाडोल २ सय ८० ट्याव्लेट, नाईट्राभेट ३५ ट्याव्लेट, ओनेरेक्स २ बोत्तल र पोल्याण्ड २० ग्राम बरामद गरिएको डिएसपी जैसवारले जानकारी दिनुभयो।

    यस्तै जिल्लाका बिभिन्न स्थानमा गरी करिब ८१ रोपनीमा लगाईएको गाँजा र २ सय १५ रोपनीमा लगाईएको अफिम खेती फडानी समेत गरिएको जैसवारले बताउनुभयो ।

Between Description 4

    गत शनिबारमात्रै बेनिघाट रोराङ गाउँपालिका ९ मझिमटारस्थित काठमाडौँबाट भारततर्फ जाँदै गरेको डिब्बा कन्टेनरबाट ६१३ किलो ७१० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ परेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
50 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
50 %

धादिङ स्पेसल