धादिङ स्पेशल / आर्थिक / कृषि/सहकारी

गृहपृष्ठ धादिङ स्पेशल / आर्थिक / कृषि/सहकारी
Pageutter

राज्यले गर्ने काम सहकारीले गरेको छ : अध्यक्ष मिनराज कँडेल

Nikantha Na Pa
राज्यले गर्ने काम सहकारीले गरेको छ : अध्यक्ष मिनराज कँडेल

धादिङ : राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले राज्यले गर्ने काम सहकारीले गरेको बताउनुभएको छ ।

शनिबार धादिङ बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजना तथा नीलकण्ठ नगरपालिकाको आर्थिक सहयोगमा धादिङबेशीमा भएको ‘धादिङ साकोस शिखर गोष्ठी’लाई सम्बोधन गर्दै कँडेलले सो कुरा बताउनुभएको हो।

उहाँले नागरिकको जीवनस्तर सुधारमा सहकारीको भूमिका महत्वपूर्ण रहेको भन्दै समाज सुधारमा सहकारीले खेलेको भूमिकाको सबैले प्रशंसा गर्नुपर्ने बताउनुभयो । हाल सहकारी क्षेत्रमा देखिएका समस्या बिस्तारै कम हुँदै गएको भएतापनि बैंक तथा वित्तीय क्षेत्र जस्तै सहकारी क्षेत्रमा पनि तरलताको संकट भने यथावत रहेको उहाँको भनाई छ।

सहकारी क्षेत्रका समस्या समाधानका लागि महासंघ लागि परेको बताउनुभयो। महासंघले १० वर्षे नीतिहरु अगाडि सारेर काम गरिरहेको बताउँदै कँडेलले सिंगो सहकारी क्षेत्रको विकासका लागि सबैले हातेमालो गर्न जरुरी रहेको बताउनुभएको छ ।

उहाँले अहिलेको सरकार सहकारी अभियानप्रति सकारात्मक नरहेको आरोप लगाउनुभयो ।सरकारले सहकारीको आयकरको दर बढाएको भन्दै आयकरको दर पुरानै कायम गर्न सरकारसँग आग्रह गर्नुभयो ।

त्यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघका महासचिव दामोदर अधिकारीले सहकारीलाई अर्थतन्त्र विकासको प्रमुख एक खम्बाको रुपमा राखिएको स्पष्ट पार्दै समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पना पुरा गर्नेमा सहकारीको भूमिका अहम रहने बताउनुभयो ।

Sahid Memorial
Pageutter
Pageutter

     उहाँले सहकारी मार्फत समुदायको चाहनालाई उजागर गरी सामाजिक जिवन तथा सामाजिक दायित्वलाई दिगो बनाउनुपर्नेमा जोड दिनुभयो ।

Between Description 4

    धादिङ बचत तथा ऋण सहकारीका अध्यक्ष नवराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष कँडेलको प्रमुख आतिथ्य तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारीका महासचिव अधिकारी,गंगाजमुना गाउँपालिका अध्यक्ष भक्त बहादुर लामा,बेनिघाट रोराङ गाउँपालिकाका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ लगाएतको बिशेष आतिथ्यता रहेको थियो।

     कार्यक्रममा वर्तमान सहकारी ऐनका कमजोर पक्षहरु र नयाँ साकोस एैनको आवश्यकता,साकोस व्यवस्थापनका नयाँ आयामहरु र असल अभ्यासहरु, सहकारीको दिगोपनःस्वनियमन र सुशासनमा साकोसको वर्तमा अवस्था र भूमिका लगाएतको विषयमा प्रश्नोत्तर तथा छलफल गरिएको थियो ।

    गोष्ठीले बचत ऋण सहकारीमा नवीनतम् प्रविधि, सञ्जालीकृत तथा दिगो अभियानमा विशेष जोड दिएको छ ।गोष्ठीमा धादिङ जिल्लाभरका ४ सय बढि बचत तथा ऋण सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3