धादिङ स्पेशल / स्वास्थ्य

गृहपृष्ठ धादिङ स्पेशल / स्वास्थ्य
Pageutter

अधिक गर्मीबाट बच्न के गर्ने ?

Nikantha Na Pa
अधिक गर्मीबाट बच्न के गर्ने ?

धादिङ : देशभरको तापक्रम अझै केही दिन रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनयता तातो हावा तथा ‘लु’ देशका धेरैजसो स्थानमा देखिएको बारेमा आयोजना गरिएको छलफल कार्यक्रममा बोल्दै मौसमविद्हरूले देशभरको तापक्रम बढ्ने बताएका हुन् ।

यस वर्ष देशका धेरैजसो भू–भागमा सरदरभन्दा कम पानी पर्ने र सरदरभन्दा बढी अधिकतम तापक्रम हुने देखिएको मौसमविद् शान्ति कँडेलले बताइन् । नेपालमा जुन १३ देखि मात्रै मनसुन प्रवेश हुने भएकाले अझै केही दिन ‘हिट वेभ’ बढ्ने बताइएको छ ।

गर्मीका कारण ‘लु’ लाग्ने, बान्ता हुने, थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने समस्या देखापर्न थालेका छन् ।

के हो लू ?

अत्यधिक गर्मीका कारण शरीरबाट धेरै पसिना बग्दछ । जसका कारण शरीरमा नुन र पानीको कमी हुन्छ । यसले शरीरको रगतमा तापमान बृद्धि गर्छ । शरीरमा पानीको मात्रा कमी हुनु नै लू लाग्नु हो । समयमै उपचार नभए लुको कारण ज्यान समेत जान सक्छ ।

लक्षण :-
– शरीरमा पानी र नुनको मात्रा घट्दा रगतको तापमान बढ्न गई टाउको भारी हुनु
– नाडीको गति बढ्नु
– रगतको गति पनि तिब्र हुनु
– श्वासप्रश्वासको गति असामान्य हुँदै जानु
– हात, खुट्टा र तालुमा जलन बढ्नु
– आँखामा जलन बढ्नु
– अचानक बेहोस हुनु

Sahid Memorial
Pageutter
Pageutter

बच्ने उपाय :-

Between Description 4

– पटक पटक पानी पिउने

– खाली पेट नबस्ने

– प्याजको रस खाने

– बाहिर निस्कदा टाउको, कान र गर्दन ढाक्ने तौलिया ओड्ने

– मध्यान्हको चर्को गर्मीमा घर बाहिर ननिस्कने

– पच्ने खानेकुरा मात्र खाने

– नरम, मुलायम सूतीको कपडा लगाउने

– चिसो फल, खानेकुरा सेवन गर्ने

लू लागे के गर्ने ?

– लू लागेको थाहा हुनासाथ तत्काल अस्पताल जाने

– चिकित्सककोमा पुग्नु अघि केही घरमा पनि केही प्राथमिक उपचार गर्न सकिन्छ ।

क. बिरामीलाई खुला र चिसो हावामा आराम गराउने

ख. बिरामीको शरीरमा चिस्याउन चिसो पानी वा बर्फले बारम्बार पट्टी गर्ने

ग. बिरामीलाई तुरुन्तै प्याजको रसमा मह मिसाएर पिउन दिने

घ. बर्फ पानी पिउन नदिने बरु कागती पानी पिउन दिने

ङ. भिजाएको धनिया पिसेर छान्ने र उक्त घोलमा चिनि मिसाएर पिउने

च. खरबुजा, कांक्रा जस्ता पानीको मात्रा बढी भएको फलफूल, सब्जी सेवन गर्ने

छ. पानीमा ग्लोकोज मिसाएर पिउने वा कागतीको सर्बत पिउने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Below Reaction 3
Below Related
Below Related 2
Below Related 2
Sahid Memorial
DHO Dengue

धादिङ स्पेसल

Below Dhading Special3