धादिङ स्पेशल / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नेपाल

धादिङसहित ५० भन्दा बढी जिल्लामा ‘लम्पी स्किन’ रोग फैलियो, धादिङमा नियन्त्रण बाहिर

धादिङसहित ५० भन्दा बढी जिल्लामा ‘लम्पी स्किन’ रोग फैलियो, धादिङमा नियन्त्रण बाहिर

धादिङ : धादिङसहित ५० भन्दा बढी जिल्लामा लम्पी स्किन डिजिज फैलिएको छ । धादिङमा पनि महामारीकै रुपमा फैलिएको छ । पछिल्लो समयमा यस रोग सम्बन्धमा जिल्लाका स्थानीय तहहरुले जनचेतनामूलक सामग्रीहरु प्रचारप्रसार गरिरहेका छन् ।

रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन। लम्पी स्किन डिजिज नियन्त्रण गर्नको लागि स्थानीय तहहरुले निति तथा कार्यक्रममा समेट्नुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

बिहिबार भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङको आयोजनामा धादिङबेशीमा भएको लम्पी स्किन डिजिजसम्बन्धी स्थानिय तहहरुसँग समन्वयात्मक अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले रोग नियन्त्रणको लागि निति तथा कार्यक्रममा समेटेर बजेट व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका हुन्।

कार्यक्रममा भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा।सन्दिप सिलवालले केन्द्रमा प्राप्त जानकारी अनुसार जिल्लाभर ७ सय भन्दा बढि पशुचौपायामा संक्रमण देखिएको बताउनुभयो । यो रोग नियन्त्रण बाहिर गइसकेको भन्दै उहाँले नियन्त्रणको लागि निति तथा कार्यक्रममा समेट्न स्थानिय तहहरुलाई आग्रह गर्नुभयो ।

साथै स्रोत भएका पालिकाहरुले बजेट व्यवस्थापन गरी किसानलाई राहत तथा क्षतिपुर्तीको व्यवस्था गनुपर्ने बताउनुभयो । डा।सिलवालले रिपोटिङलाई चुस्त दुरुस्त बनाउनपर्ने भन्दै समन्वयात्मक भूमिका निभाउन पनि आग्रह गर्नुभयो । लक्षण देखिएका स्थानमा किसानहरुलाई प्राविधिक सल्लाह दिने, जैविक सुरक्षाका बिधिबारे जानकारी गराउन अनुरोध गर्नुभयो ।

          आवश्यक बजेट व्यवस्थापन गरी संक्रमित फार्महरुमा गएर भ्याक्सिन दिनुपर्ने बताउनुभयो ।जिल्ला समन्वय समितिका प्रमुख नवराज अधिकारीको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिभिन्न स्थानिय तहका प्रमुख,उपप्रमुख,१३ वटै पालिकाको पशु शाखाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो ।यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ ।

        गर्मी याममा सङ्क्रमित लामखुट्टे, झिङ्गा,किर्नाबाट सर्ने रोग सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट सर्ने गरेको डा।सिलवालले बताउनुभयो ।

      गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ । रोग देखापरेपछि किसान चिन्तित भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल