Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट अवैध लागूऔषध गाँजासहित गल्छीका एक किशोर पक्राउ परेका छन् ।
बुधबार ४ केजी ८८५ ग्राम गाँजासहित गल्छी गाउँपालिका–५ बस्ने १८ वर्षीय किशोरलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बा.२ ख १४१० नम्बरको माइक्रोलाई जाँच गर्ने क्रममा ती किशोरलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको प्रहरीले जनाएको छ ।