खेलकुद

गृहपृष्ठ खेलकुद

खुमलटारलाई १-० ले हराउँदै मनाङ मर्स्याङ्दी पाँचौ स्थानमा

खुमलटारलाई १-० ले हराउँदै मनाङ मर्स्याङ्दी पाँचौ स्थानमा

काठमाडौं : रोशन राना मगरले खेलको इन्जुरी समयमा गोल गरेपछि मनाङ मर्स्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगमा एफसी खुमलटारलाई १-० ले पराजित गरेको छ ।

यो जितपछि मनाङ अंक तालिकामा पाँचौ स्थानमा उक्लेको छ र रेलिगेसनको चिन्ता टारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहीबार भएको खेलमा मनाङका लागि रोशनले इन्जुरी टाइमको चौथो मिनेटमा निर्णायक गोल गरे ।

त्यसअघि खुमलटारका एलान थापाले पेनाल्टीमा गोल गर्न असफल हुँदा खुमलटारले अग्रता लिने मौका गुमाएको थियो । ५५औं मिनेटमा एलानको पेनाल्टी प्रहार मनाङका कप्तान तथा गोलकिपर दिप कार्कीले बचाए । जितपछि मनाङ २३ खेलबाट ३१ अंक जोडेर पाँचौं स्थानमा उक्लेको छ ।

 

    यसअघि लगातार हारेल खुमलटारको रेलिगेसन संकट झन् बढेको छ । २३ खेलबाट २४ अंकसहित खुमलटार पुछारमा छ । पहिलो पटक ए डिभिजन लिग खेलिरहेको खुमलटारले शीर्ष डिभिजनमा टिक्न अब बाँकी तीनवटै खेल जित्नुपर्ने अवस्थामा आइपुगेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल