खेलकुद

गृहपृष्ठ खेलकुद

ए डिभिजन लिग : नेपाल पुलिसले एनआरटीलाई १–० ले पराजित

ए डिभिजन लिग : नेपाल पुलिसले एनआरटीलाई १–० ले पराजित

काठमाडौं : घानाका फरवार्ड मोसेस ग्यवाको गोलमा नेपाल पुलिस क्लबले शहीद स्मारक ए डिभिजन लिगमा न्युरोड टिम (एनआरटी) लाई १–० ले पराजित गरेको छ ।

बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा एनआरटीलाई पराजित गर्दै पुलिस ३४ अंकका साथ लिग तालिकाको चौथो स्थानमा कायम छ । उसले पाँचौंमा रहेको आर्मीलाई ४ अंकले पछि पारेको छ ।

 

खेलको ७६ औं मिनेटमा मोसेसले गरेको गोल नै पुलिसका लागि निर्णायक बन्यो । हारपछि एनआरटी भने २३ खेलमा ७ जित, ८ बराबरी र ८ हारसहित २९ अंकका साथ आठौं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल