धादिङ स्पेशल / आर्थिक

गृहपृष्ठ धादिङ स्पेशल / आर्थिक

धादिङका स्थानिय तहलाई संघबाट ४ अर्ब ७६ करोड बजेट कुन पालिकालाई कति ?

धादिङका स्थानिय तहलाई संघबाट ४ अर्ब ७६ करोड बजेट कुन पालिकालाई कति ?

धादिङ : सरकारले आगामी आर्थिक वर्ष २०८०र८१ को बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट सार्वजनिक गरे ।

अर्थमन्त्रीले सार्वजनिक गरेको बजेट अनुसार अन्तर सरकारी वित्तीय हस्तान्तरणमा ४ खर्ब ८ करोड ७० लाख रूपैयाँ विनियोजन गरिएको छ । जुन ७ वटा प्रदेश र ७ सय ५३ वटा स्थानीय तहमा जाने छ ।

स्थानीय तहलाई २ खर्ब ९५ अबै २ करोड, २ लाख र प्रदेशलाई १ खर्ब ५ अर्ब ६ करोड ६८ लाख हस्तान्तरण हुनेछ ।सबैभन्दा धेरै गाउँपालिकालाई गएको छ। ४ सय ६० गाउँपालिकालाई सरकारले १ खर्ब ४३ अर्ब ६ करोड ३९ लाख वित्तीय हस्तान्तरण गरेको हो ।

गाउँपालिकालाई समानीकरण अनुदान ४३ अर्ब ६५ करोड १० लाख, सशर्त अनदान ९० अर्ब ८४ करोड ६२ लाख, विशेष अनुदान ४ अर्ब ६५ करोड ३४ लाख गरी र समपुरक ३ अर्ब ९१ करोड ३३ लाख गरी १ खर्ब ४३ अर्ब ६ करोड हस्तान्तरण भएको हो । यसमध्ये धादिङका १३ वटा स्थानिय तहलाई कुल बजेट ४ अर्ब ७६ करोड आउने भएको छ । 

बिनियोजित बजेटमध्ये नीलकण्ठ नगरपालिकाले ७० करोड ११ लाख,धुनिवेसी नगरपालिकाले ३६ करोड ६१ लाख बजेट पाउने भएको छ । खनियाबास गाउँपालिकाले २४ करोड ७ लाख, गंगाजमुनाले ३६ करोड ५० लाख, गजुरीले ३५ करोड ३२ लाख, गल्छीले ३६ करोड ५ लाख, ज्वालामुखीले ३६ करोड ८४ लाख,त्रिपुरासुन्दरीले ३६ करोड २६ लाख, थाक्रेले ३९ करोड ६ लाख,नेत्रावतीले २३ करोड ६९ लाख,वेनिघाट रोराङले ४६ करोड ५ लाख, रुवीभ्यालीले २० करोड ३२ लाख र सिद्धलेकले ३७ करोड २१ लाख रकम पाउने भएको छ ।

उक्त रकम अन्तरगत वित्तीय समानीकरण अनुदान तर्फ नीलकण्ठ नगरपालिकाले २१ करोड २१ लाख र धुनिबेसी नगरपालिकाले १४ करोड ७७ लाख,खनियाबासले ८ करोड ९७ लाख, गंगाजमुनाले ११ करोड ९९ लाख,गजुरीले १३ करोड ७६ लाख, गल्छीले १३ करोड ४२ लाख, ज्वालामुखीले १२ करोड ६१ लाख, त्रिपुरासुन्दरीले १२ करोड ४८ लाख,थाक्रेले १५ करोड ३६ लाख,नेत्रावतीले ९ करोड २६ लाख, वेनिघाट रोराङले १५ करोड ९ लाख,रुवीभ्यालीले ७ करोड २३ लाख र सिद्धलेकले १२ करोड ६६ लाख पाउने भएको छ ।

त्यस्तै शशर्त अनुदान तर्फ नीलकण्ठ नगरपालिकाले ४६ करोड ३५ लाख र धुनिवेसी नगरपालिकाले २० करोड ५९ लाख पाउने भएको छ । खनियाबासले ११ करोड ९५ लाख, गंगाजमुनाले २२ करोड ९१ लाख,गजुरीले १८ करोड ६६ लाख, गल्छीले १८ करोड ९८ लाख, ज्वालामुखीले २२ करोड २३ लाख, त्रिपुरासुन्दरीले २२ करोड ५३ लाख,थाक्रेले २२ करोड १० लाख,नेत्रावतीले १२ करोड ४८ लाख, वेनिघाट रोराङले २७ करोड २६ लाख,रुवीभ्यालीले ११ करोड ४ लाख र सिद्धलेकले २२ करोड पाउने भएको छ । 

      यसैगरी विशेष अनुदान तर्फ नीलकण्ठ नगरपालिकाले २ करोड ५ लाख र धुनिवेसी नगरपालिकाले ७५ लाख, खनियाबासले १ करोड १५ लाख, गंगाजमुनाले १ करोड, गजुरीले २ करोड १५ लाख, गल्छीले २ करोड ६५ लाख, त्रिपुरासुन्दरीले ७५ लाख,थाक्रेले ८० लाख,नेत्रावतीले १ करोड १५ लाख, वेनिघाट रोराङले १ करोड ७० लाख,रुवीभ्यालीले १ करोड ५ लाख र सिद्धलेकले ८० करोड पाउने भएको छ ।

     समपूरक अनुदान तर्फ भने नीलकण्ठ नगरपालिकाले ५० लाख र धुनिबेसी नगरपालिकाले ५० लाख पाएका छन् । खनियाबासले २ करोड, गंगाजमुनाले ६० लाख,गजुरीले ७५ लाख, गल्छीले १ करोड, त्रिपुरासुन्दरीले ५० लाख,थाक्रेले ८० लाख,नेत्रावतीले ८० लाख, वेनिघाट रोराङले २ करोड,रुवीभ्यालीले १ करोड र सिद्धलेकले १ करोड ७५ लाख पाउने भएको छ ।

     यस्तो छ, धादिङले पाउने रकमको विवरण :

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल