Weather : 20.12° Celsius Kathmandu
धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं २ मासखर्कमा भीरबाट लडेर २ जनाको मृत्यु भएको छ ।
स्थानीय १९ वर्षिय अप्सरा चेपाङ र उनका दुइ वर्षिय छोराको साजन चेपाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । अप्सार ८ महिनाको गर्भवती समेत रहेको उनका श्रीमान उमेश चेपाङले जानकारी दिए ।
घाँस काट्न जादा आमासँगै डोकोमा हालेर छोरा साजन पनि लगेको र भिरबाट छोरा लडेपछि छोराको उद्धारको क्रममा क्रममा आमा छोराको ज्यान गएको हुन सक्ने बेनीघाट रोराङ गाउँपालिका–२ का वडाअध्यक्ष हेमराज भुजेलले जानकारी दिए । आफु पनि घटनास्थल जाँदै गरको उनले बताए ।
धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मासखर्कमा भिरबाट लडेर ८ महिनाको गर्भवती १९ वर्षिय अप्सरा चेपाङ र उनका दुइ वर्षिय छोराको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताउनुभयो ।
भीरबाट लडेका साजनको घटनास्थलमा नै मृत्यु भएको र आमा अप्सराको स्थानीय गाउँलेहरुले उद्धार गरी अस्पतालसम्म पुर्यापनि अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतम मिश्रले जानकारी दिए ।
उपचारको लागि अस्पताल ल्याउदा अप्सराको पेटमा भएको शिशुको पनि ज्यान गइसकेको अस्पताललाइ उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।
घटनासम्वन्धमा जाँचमुचुल्का गर्नको लागि इलाका प्रहरी कार्यालय गजुरीबाट प्रहरी निरिक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा पठाइएको छ ।