धादिङ स्पेशल / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नेपाल

गणतन्त्र दिवसमा धादिङ कारागारका ६ जना कैदी रिहा

गणतन्त्र दिवसमा धादिङ कारागारका ६ जना कैदी रिहा

धादिङ : गणतन्त्र दिवसको अवसरमा जिल्ला कारागार धादिङका ६ जना कैदी रिहा भएका छन् । सरकारले १६ औँ गणतन्त्र दिवसको अवसरमा धादिङ कारागारका ६ पुरुष कैदीको सजाय मिनाहा गरेसँगै रिहा भएका हुन् ।

दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा २ सय ७६ र फौजदारी कसुुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा ज्येष्ठ नागरिक ऐनको दफा १२ बमोजिम देशभरका कारागारमा रहेका ४ सयल८२ जना बन्दीहरूको भुक्तान हुन बाँकी कैद सजाय मिनाहा गर्दा धादिङ कारागारका ६ जनाको बाँकी कैद सजाय माफी भएको हो ।

धादिङबाट ९ जना बन्दीहरु कैद सजाय मिनाहाको लागि सिफारिस पठाईए पनि ६ जनाको मात्रै कैद सजाय मिनाहा भएको जिल्ला कारागार धादिङका जेलर राममणी मिश्रले बताउनुभयो।

      कारागार धादिङबाट कैद सजाय माफी पाउनेमा धादिङको गंगाजमुना गाउँपालिका–३ का ४९ बर्षिय मैत बहादुर गुरुङ,थाक्रे गापा–१ का ३६ बर्षिय, मिलन तामाङ, सिद्धलेक गापा–२ का राम बहादुर श्रेष्ठ भन्ने ६६ बर्षिय राम श्रिमल,गोरखा आरुघाट गापा–१ का ३६ बर्षिय सुरेश गुरुङ, तनहुँको व्यास नपा–१२ का ४५ बर्षिय समशेर बहादुर सार्की र नुवाकोटको म्यागाङ गापा–२ को धन बहादुर गुरुङ रहेको जेलर मिश्रले बताउनुभयो।

     कारागारमा हाल २ सय ८६ कैदी र दुई जना आश्रित बच्चा रहेका छन् । संविधानको दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल