धादिङ स्पेशल / नेपाल

गृहपृष्ठ धादिङ स्पेशल / नेपाल

गणतन्त्र दिवस धादिङबेशीमा ६२ जनाद्धारा रक्तदान

गणतन्त्र दिवस धादिङबेशीमा ६२ जनाद्धारा रक्तदान

धादिङ : गणतन्त्र दिवसको अवसरमा धादिङबेशीमा ६२ जनाले रक्तदान गरेका छन् । हिमालय बैंक धादिङबेशी शाखाद्धारा १६ औँ गणतन्त्र दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ८ जना महिला र ५४ जना पुरुष गरी ६२ जनाले रक्तदान गरेको रक्त संचार सेवा केन्द्र धादिङले जनाएको छ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी रक्त संचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रहेको थियो । यस्तै गणतन्त्र दिवसकै अवसरमा एम्बुलेन्स अंकलका रुपमा परिचित धादिङबेसी बीचबजारका नारायण कुमार श्रेष्ठले ५७ औं पटक रक्तदान गर्नुभएको छ। 

       श्रेष्ठले तीन–तीन महिनामा रक्तदान गर्दै आउनुभएको छ। उहाँले कम्तीमा ७५ पटक रगत दिने रहर रहेको बताउनुभएको छ ।नेपाल रेडक्रम सोसाइटी धादिङ शाखाका कोषाध्यक्ष समेत रहेका श्रेष्ठ हरेक दुर्घटनामा पुग्ने र उद्दार तथा प्राथमिक उपचारका साथै परामर्श दिने गर्नुहुन्छ।

    धादिङमा अभियानकै रुपमा रक्तदान कार्यक्रम आयोजना गरिदै आएको छ । रगतको अभावलाई न्युनीकरण गर्नको लागी विभिन्न मेला, पर्व, उत्सव, सहकारीको बार्षिक साधारण सभा लगायतको भेला हुने कार्यक्रममा रक्तदान कार्यक्रम राखि रगत संकलन गरीदैँ आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction 2

धादिङ स्पेसल