धादिङ स्पेशल / अपराध

गृहपृष्ठ धादिङ स्पेशल / अपराध

२ करोड पर्ने रक्तचन्दन तेलको अवैध कारोबार गरेको आरोपमा धादिङका मोहन सहित ८ जना पक्राउ

Nikantha Na Pa
२ करोड पर्ने रक्तचन्दन तेलको अवैध कारोबार गरेको आरोपमा धादिङका मोहन सहित ८ जना पक्राउ

काठमाडौं : करिब २ करोड पर्ने रक्तचन्दनको तेलसहित अवैध कारोबार गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-७ चाबहिल बस्‍ने ३० वर्षीय सुशील पाठक, कालिकोटको रासकोट नगरपालिका घर भई हाल काठमाडौको चाबहिल बस्‍ने २८ वर्षीय विरोद बराल, सुर्खेको वीरेन्द्रनगर-१५ घर भई हाल कलंकी बस्‍ने ३६ वर्षीय ज्ञानबहादुर ओली, रामेछापको लिखुतामाकोशी गाउँपालिका-२ घर भई हाल काँडाघारी बस्‍ने २५ वर्षीय नविन दाहाल रहेका छन् ।

यस्तै रामेछापकै लिखुतामाकोशी गाउँपालिका-२ घर भई हाल चाबहिल सरस्वतीनगर बस्‍ने ३९ वर्षीय गोकर्णहरि दाहाल, बाँकेको कोहलपुर नगरपालिका-११ घर भई हाल चाबहिल सरस्वतीनगर बस्‍ने ५८ वर्षीय निलकान्त भुसाल, धादिङको नीलकण्ठ नगरपालिका-९ घर भई हाल जडिबुटी बस्‍ने ६३ वर्षीय मोहन बहादुर विश्वकर्मा र सोलुखुम्बुको माप्यदूधकोशी गाएँपालिका-६ घर भई हाल महाकाल बस्‍ने ४० वर्षीय खेमराज घिमिरेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

         पक्राउ परेका उनीहरुलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

Between Description 4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल