धादिङ स्पेशल / कृषि/सहकारी

गृहपृष्ठ धादिङ स्पेशल / कृषि/सहकारी

धादिङका ३५० वटा गाईगोरु र भैँसीमा लम्पी स्किन संक्रमण

Nikantha Na Pa
धादिङका ३५० वटा गाईगोरु र भैँसीमा लम्पी स्किन संक्रमण

धादिङ : धादिङमा पनि पशुचौपायामा ‘लम्पी स्किन’ रोगको संक्रमण फैलिएको छ । शुरूमा फाट्टफुट्ट देखिएको यो रोगको संक्रमण हाल प्रकोपकै रूपमा फैलिएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धादिङका प्रमुख डा।सन्दिप सिलवालले बताउनुभयो ।

जिल्लाभर लम्पी स्किन रोगबाट हालसम्म ३५० वटा गाईगोरु र भैँसी संक्रमित भएका छन् । सबैभन्दा बढी ज्वालामुखी गाउँपालिकाका ८४ पशुचौपायामा संक्रमण देखिएको छ ।

ज्वालामुखीमा ३४ गाई, ४९ भैँसी र १ गोरुमा संक्रमण देखिएको छ । त्रिपुरासुन्दरीमा ४ गाई र ८ भैँसी, नेत्रावतीमा ३९ गाई, ८ भैँसी र १६ गोरुमा संक्रमण,धुनीबेशीमा ३६ गाई, सिद्धलेकमा ३० गाई,१७ भैँसी र १ गोरु,गजुरीमा ३ गाई, थाक्रेमा ३ गाई, नीलकण्ठमा ६ र बेनिघाट रोराङमा ५ गाईमा संक्रमण देखिएको डा।सिलवालले बताउनुभयो ।

त्यस्तै गल्छीका ८० र गंगाजमुनाका १५ पशुचौपायामा संक्रमण देखिएको छ । खनियाबास र रुवीभ्याली गाउँपालिकाबाट भने कुनै तथ्याङ्क नआएको सिलवालले बताउनुभयो । अहिलेसम्म यो रोगबाट नेत्रावती डवजोङ गाउँपालिकामा एक गाईको मृत्यु भएको भेटेरेनरी अस्पतालका प्रमुख डा।सिलवालको भनाई छ ।

यो रोग ‘क्याप्री पोक्स’ नामक जिवाणुका कारण हुने गर्दछ । गर्मी याममा सङ्क्रमित लामखुट्टे, झिङ्गा,किर्नाबाट सर्ने रोग सङ्क्रमित गाईवस्तुको ओसारपसारबाट, सामुदायिक चरन क्षेत्र तथा दाना एवं पानी खाने ठाउँबाट, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट सर्ने गरेको डा।सिलवालले बताउनुभयो ।

     गाईभैँसीमा यो रोग देखापरेमा उच्च ज्वरो आउने, दानापानी कम खाने, दूध उत्पादन घटाउने, छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रो गोलो गिर्खा देखिने, थुतुनो, ओठ, मुख र नाकभित्र घाउ देखिने, आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ आउने, ¥याल काढ्ने, लिम्फनोडहरू सुक्नेजस्ता लक्षण देखापर्छ ।

Between Description 4

   यस्तो लक्षण देखिएमा नजिकैको पशु सेवा केन्द्रमा गएर प्राविधिक सल्लाह लिने,जैविक सुरक्षाका बिधि अपनाउने र रोगी पशुको ओसारपसारमा रोक लगाउन डा।सिलवालले आग्रह गर्नुभएको छ ।

   रोग फैलिए पछि जिल्लाको बिभिन्न स्थानिय तहहरुले सूचना जारी गर्दै अन्यत्र जिल्लारपालिकाबाट गाउँपालिका भित्र वा बाहिर र गाउँपालिकाको एक वडारस्थान बाट अन्य वडा÷स्थानमा गाई भैंसीको ओसारपसार नगर्नरनगराउन अनुरोध गरिरहेका छन् ।रोग रोकथाम र नियन्त्रणका लागि सरकारी तहबाट जनचेतना जगाउनेबाहेक अरु उपाय अवलम्बन गरेको पाइएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Sahid Memorial

धादिङ स्पेसल