अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

काभा वुमन्स भलिबलमा सेमिफाइनल खेल आज,नेपालले कजाकस्तानसँग खेल्दै

काभा वुमन्स भलिबलमा सेमिफाइनल खेल आज,नेपालले कजाकस्तानसँग खेल्दै

काठमाडौं : एनएससी काभा महिला भलिबल च्यालेञ्ज कपको सेममिफाइनल खेल आज हुँदैछन्। पहिलो सेमिफाइनलमा भारत र उज्वेकिस्तान भिड्नेछन् भने दोस्रोमा घरेलु टोली नेपालले कजाकस्तानसँग खेल्दैछ।  

भारत र उज्वेकिस्ताबिचको पहिलो सेमिफाइनल दिउँसो साढे २ बजे तथा नेपाल र काजकिस्तानबिचको दोश्रो सेमिफाइनल खेल साँझ पाँच बजे शुरु हुनेछ। समूहका सुरुवाती दुई खेलमा उत्कृष्ट प्रदर्शन गर्दै सेमिफाइनल पुगेको नेपाल भारतसँग पराजित हुन पुग्यो। 

२०७८ सालपछि पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिरहेको महिला भलिबल टिमले समूहका सुरुवाती दुई खेलमा जित हात पार्यो।  किर्गिस्तान र बंगलादेशलाई सोझो सेटमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको नेपाललाई समूह विजेता बन्न भने भारत तगारो बन्यो।

 

&

nbsp;       भारतले ३१ सेटमा नेपाली टिमलाई पराजित गर्दै घरेलु समर्थकलाई निराश बनायो। नेपालले सेमिफाइनलमा समूह ए को विजेता कजाकस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो।  सहभागी ८ टिममध्येकै बलियो मानिएको कजाकस्तानले  समूह चरणमा शत प्रतिशत नतिजा निकालेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital