Weather : 28.8° Celsius Kathmandu
काठमाडौं : प्रिमियर लिगमा चेल्सीलाई पराजित गर्दै म्यानचेष्टर युनाइटेडले अर्को सिजन च्याम्पियन्स लिगमा स्थान पक्का गरेको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा चेल्सीविरुद्ध ४–१ को सहज जित निकाल्दै युनाइटेड युरोपियन प्रतियोगितामा छनोट भएको हो ।
युनाइटेडका लागि कासेमिरोले छैटौं मिनेटमा पहिलो गोल गरे । यस्तै एन्टोनी मार्सियलले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेजले ७३औं र मार्कुस रासफोर्डले ७८औं मिनेटमा गोल गरेपछि युनाइटेडले ४–० को अग्रता बनायो ।
&