Weather : 28.8° Celsius Kathmandu
धादिङ प्रशासनमा वडा कार्यालयबाट सिफारिस भई आएका विषयमा थप निवेदन आवश्यक नपर्ने
धादिङ जिल्ला प्रशासन कार्यालय धादिङले वडाको सिफारिस भएको विषयमा थप निवेदन आवश्यक नपर्ने व्यवस्था गरेको छ ।
बिहिबार प्रशासनले एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई दोहोरो निवेदन लेख्ने झन्झट हुन नदिन, निवेदन लेखाउन थप रकम तिर्नुपर्ने बाध्यताको अन्त्य गर्न र सेवा प्रवाहलाई छिटो छरितो र सरल बनाउन स्थानीय तहका वडा कार्यालयहरुबाट सिफारिस भई आएका विषयमा थप निवेदन लेख्नुपर्ने अवस्थाको अन्त्य गरिएको जनाएको छ ।
&