धादिङ स्पेशल / खेलकुद

गृहपृष्ठ धादिङ स्पेशल / खेलकुद

बागमती प्रदेश खेलकुद : पुरुष भलिबलमा धादिङलाई रजतपदक

बागमती प्रदेश खेलकुद : पुरुष भलिबलमा धादिङलाई रजतपदक

धादिङ : दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिता अन्तर्गतको पुरुष भलिबलमा धादिङले रजतपदक हासिल गरेको छ । बिहीबार हेटौंडास्थित हुप्राचौर खेल मैदानमा भएको फाईनल खेलमा चितवनले धादिङलाई ३–१ को सेटमा पराजित गर्यो ।

चितवनले धादिङमाथि २५–१७, २२–२५, २८–२६ र २५–१८ को जित निकाल्दै स्वर्णपदक जितेको छ ।त्यस्तै सिन्धुलीलाई २–१ को सेटमा पराजित गर्दै काठमाडौंले कास्यपदक हात पारेको छ ।

यसैगरी महिला भलिबलतर्फ भने काठमाडौंले स्वर्ण पदक जितेको छ । काठमाडौंले दोलखालाई २५–५, २५–६ र २५–१२ ले हराउदै स्वर्ण जितेको हो। महिला भलिबलमा चितवनले धादिङलाई २–० को सेटमा पराजित गर्दै कास्यपदक हात पारेको छ ।

प्रतियोगितामा पुरुषतर्फ चितवनका नवीन महतो र महिलामा काठमाडौंकी सलिना बुढा मगर उत्कृष्ट खेलाडी घोषित भए । पुरुषमा चितवनका रमेशचन्द्र विक उत्कृष्ट प्रशिक्षक चयन भए ।

&

nbsp;       विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा धादिङका मनोज श्रेष्ठ, सेटरमा चितवनका मञ्जिल गुरुङ, ब्लकरमा चितवनकै सुरेश महतो, लिबेरोमा चितवनका समीर थापा, सर्भरमा धादिङका अमन आले उत्कृष्ट घोषित भए ।

nbsp;     महिलामा काठमाडौंका कुमार राई उत्कृष्ट प्रशिक्षक चयन भए । महिलाको विधागत उत्कृष्टअन्तर्गत स्पाइकरमा चितवनकी आरती सुबेदी, सेटरमा काठमाडौंका भावना तामाङ, ब्लकरमा काठमाडौंकी सुमित्रा रेग्मी, लिबेरोमा काठमाडौंकी एन्जिला प्रधान र सर्भरमा काठमाडौंकी निसा महर उत्कृष्ट भए ।

nbsp;    विजेता खेलाडीलाई बागमती प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले पुरस्कृत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
100 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital