Weather : 28.8° Celsius Kathmandu
काठमाडौं : तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति(रिवाज एबम रहन(सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला दिदि-बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले बिगत ४ बर्ष देखि आयोजना गरिदै आएको मिसेस एण्ड मिस तामाङ-२०२३, सिजन-४ समग्र जनजातिहरुको प्रतिनिधित्वमुलक सौन्दर्य प्रतियोगिता हो।
बिगत ९ बर्ष देखि यस प्रतियोगिता आयोजना गर्दै आएको एस.के. इन्टरटेनमेन्ट प्रा.लिले “मिसेस तामाङ -२०२३” को अडिसन यहि आउदो जेठ १३ गते शनिबार हुने आयोजक संस्थाकि प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन। उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन ।
एस.के. इन्टरटेनमेन्ट प्रालिको अध्यक्ष युवा नेत्री समाजसेवी तथा नायिका शान्ता तामाङ महिला सशक्तिकरणको एक दरिलो आवाज हुन्। सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै लाखौँ महिला दिदीबहिनीहरुको मन जित्न सफल युवा व्यक्तित्व रहेकी छिन।
जनजाति महिला दिदि बहिनिहरुलाई आफ्नो भाषा, कला संस्कृतिको जगेर्ना गर्दै उनीहरुको क्षमता र व्यक्तित्वलाइ उजागर गर्ने कार्यमा उनको ठुलो योगदान समेत रहेको छ। प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिने छ।
&