Weather : 28.8° Celsius Kathmandu
मकवानपुर : दोस्रो वाग्मती खेलकुदमा एथलेटिक्सतर्फ चितवन टिम च्याम्पियन भएको छ । ट्र्याक एन्ड फिल्डमा उत्कृष्ट प्रदर्शन गरेको चितवनले १३ स्वर्ण, ७ रजत र ९ कांस्य पदक जितेको छ ।
सिन्धुपाल्चोक दोस्रो हुँदा ५ स्वर्ण, १ रजत र १ कांस्य जित्यो । रामेछाप र मकवानपुर संयुक्त रूपमा तेस्रो भए । दुवैले समान ३ स्वर्ण, ३ रजक र २ कांस्य पदक जितेका छन् । पुरुषतर्फ चितवनका सुजित महतो र महिलामा मकवानपुरकी डिना गोपाली उत्कृष्ट खेलाडी घोषित चुनिए ।
सुजितले तीन स्वर्ण र एक रजत पदक तथा डिनाले दुई स्वर्ण र एक रजत जितेका थिए । १०० मिटर दौडको स्वर्ण डिना र काठमाडौंका सहनचन्द्र शाहले जितेका छन् । हेटौडास्थित पिप्ले क्याम्पा रंगशालामा पुरुषतर्फ सहनचन्द्रले ११.८६ सेकेन्डमा दुरी पार गरे । डिनाले १४.१९ सेकेन्डमा दौड पूरा गरिन् ।
१० हजार मिटर दौडमा महिलातर्फ सिन्धुपाल्चोककी निनु तामाङले स्वर्ण जितिन् । उनले ४७.१ मिनेट लगाइन् । दोलखाकी सोनु घतानेले रजत र धादिङकी लक्ष्मी थापाले कांस्य जिते । पुरुषमा सिन्धुपाल्चोककी मिगमार सिङ्गी स्वर्ण, काठमाडौंका धर्म महर्जन र पवनकुमार साह क्रमशः रजत र कांस्य जित्न सफल भए ।
महिला ४०० मिटर दौडमा रामेछापकी भगवती खड्काले स्वर्ण जितिन् । उनले १ मिनेट ९ सेकेन्ड लगाइन् । पुरुषमा चितवनका अमृत बोटले ५४.१३ सेकेन्डका साथ स्वर्ण प्राप्त गरे । चार गुणा ४०० मिटर रिलेको महिलामा भक्तपुर, चितवन र दोलखा शीर्ष तीन स्थानमा रहे ।
पुरुषमा सिन्धुलीले स्वर्ण जित्दा चितवन र मकवानपुरले क्रमशः रजत र कांस्य जिते । पुरुष ट्रिपलजम्पमा चितवनका सुजित महतोले स्वर्ण जिते । उनी १३.१९ मिटर उफ्रिए । चितवनकै सुदीप महतोले रजत र सिन्धुलीका रोशनकुमार दनुवारले कांस्य जिते ।
&