धादिङ स्पेशल / राजनिति

गृहपृष्ठ धादिङ स्पेशल / राजनिति

विदेश जाने युवालाई नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने : सांसद पाण्डेको माग

विदेश जाने युवालाई नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने : सांसद पाण्डेको माग

धादिङ : नेकपा (एकीकृत समाजवादी) का सांसद राजेन्द्रप्रसाद पाण्डेले विदेश जाने युवालाई नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको छ।

मंगलवार प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सांसद पाण्डेले वैदेशिक रोजगारीमा जाने युवाहरूलाई ३ महिना नेपालमै तालिम दिएर पठाउने व्यवस्था गर्नुपर्ने बताउनुभएको हो ।

त्यसैगरी काठमाडौँ हुँदै धार्के, मुग्लिन पारी भएर गैंडाकोटसम्म जाने सडक तत्काल निर्माण गर्नुपर्ने र त्यसका लागि बजेट विनियोजन गर्नुपर्ने बताउनुभयो । साथै उहाँले आगामी आर्थिक वर्षको बजेटमा राष्ट्रिय गौरवका योजना अगाडि बढाउनुपर्ने बताउनुभयो ।

निजगढ अन्तरराष्ट्रिय विमानस्थल र बूढीगण्डकी आयोजना निर्माणलाई विशेष जोड दिदै पाण्डेले भन्नुभयो,‘जस्तोसुकै कठिन घडीमा भए पनि राष्ट्रिय गौरवका योजनालाई अघि बढाउनु जरुरी छ ।

&

nbsp;   निजगढ अन्तरराष्ट्रिय विमानस्थल, १२ सय मेगावाट उत्पादन हुनसक्ने जलाशययुक्त बूढीगण्डकी आयोजनालाई आगामी आवको बजेटमा समावेश गर्नु जरुरी छ।’

nbsp;  राजधानी प्रवेश गर्ने नाका नागढुंगा नाका काठमाडौंको सीतापाइलाबाट धार्के निस्कने सडकलाई समानान्तर सडकको रूपमा वारीपारी हुँदै मुग्लिन पारी भएर गैडाकोटसम्म लैजाने सडक निर्माणको नयाँ खाका कोर्नुपर्ने भन्दै यसको बारेमा यसैपालि डिपिआर निर्माण गर्ने प्रस्तावसहित बजेटमा उल्लेख गर्न आग्रह गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
100 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital