धादिङ स्पेशल / नीलकण्ठ

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ

धादिङ प्रशासनका सेवाग्राहीलाई नसर्ने रोगहरुको स्क्रिनिङ्ग सहित निःशुल्क स्वास्थ्य शिविर

धादिङ प्रशासनका सेवाग्राहीलाई नसर्ने रोगहरुको स्क्रिनिङ्ग सहित निःशुल्क स्वास्थ्य शिविर

धादिङ  : धादिङको जिल्ला प्रशासन कार्यालयमा नसर्ने रोगहरुको स्क्रिनिङ सहित निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

नीलकण्ठ नगरपालिका वडा नं ३ को आयोजना, नीलकण्ठ नगरपालिका, स्वास्थ्य कार्यालय र गैसस महासंघ धादिङको सहयोगमा प्रशासनमा आएका सेवाग्राहीहरुको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

प्रशासन कार्यालयमा जिल्लाको बिभिन्न स्थानबाट सेवा लिन आउने सेवाग्राहीहरुलाई लक्षित गरी शिविर सञ्चालन गरिएको नीलकण्ठ नगरपालिकाको स्वास्थ्यकर्मी लक्ष्मी नहर्कीले जानकारी दिनुभयो ।

&

nbsp;     शिविरमा ३ सय भन्दा बढि सेवाग्राहीहरुले स्वास्थ्य परिक्षण गराएका छन् । शिविरमा सुगर, प्रेसर, पिसाव परिक्षण गर्नुका साथै स्वास्थ्य परामर्श दिईएको स्वास्थ्यकर्मी नहर्कीले बताउनुभयो ।

जेठ १ गतेदेखी जारी शिविरमा ३ हजार बढिको स्वास्थ्य परिक्षण गरिएको छ । वडा कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागार र बिभिन्न टोलहरुमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको बताउनुभयो । शिविर भोलिसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital