धादिङ स्पेशल / त्रिपुरासुन्दरी

गृहपृष्ठ धादिङ स्पेशल / त्रिपुरासुन्दरी

त्रिपुरासुन्दरीमा १३ विद्यालयको विद्यालयको वेवसाइट तथा मोबाइल एप्स

त्रिपुरासुन्दरीमा १३ विद्यालयको विद्यालयको वेवसाइट तथा मोबाइल एप्स

धादिङ : त्रिपुरासुन्दरी गाउँपालिकामा विद्यालयको वेवसाइट तथा मोबाइल एप्लिकेशनको उद्धघाटन गरिएको छ ।

गाउँपालिकाको मा।वि तहका ११ वटा विद्यालयहरु तथा २ वटा सामुदायिक क्याम्पसका लागि निर्माण गरिएको विद्यालयको वेवसाइट तथा मोबाइल एप्सको सोमबार गाउँपालिकाका अध्यक्ष राजु उप्रेतीले उद्घाटन गर्नुभएकोे हो ।

कार्यक्रममा अध्यक्ष उप्रेतीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा कुनै कमि आउन नदिने बताउनुभएको छ । विद्यालयबाट सम्पादित कार्य प्राप्त गर्न, विद्यार्थीहरुको नतिजा, पाठेयक्रम लगायतका विषयमा जानकारी लिन सहज होस भन्ने उद्धेश्यले सुरु गरिएको उपे्रतीले बताउनुभयो ।

&

nbsp;    वेवसाइट मार्फत अभिभाबक र विद्यार्थीहरुले विद्यालयसंग सम्बन्धित सूचना, विद्यालयबाट सम्पादित कार्य, अध्ययन सामाग्री लगायत अन्य महत्वपूर्ण जानकारी प्राप्त गर्न सकिने हुदा वेवसाइट तथा मोबाइल एप्लिकेशन संचालन गरिएको गाउँपालिकाका सुचना अधिकारी सुरेश रिजालले जानकारी दिनुभयो ।

वेवसाइट तथा मोबाइल एप्लिकेशनको उद्धघाटन पश्चात विद्यालयका प्रधानाध्यापक, शिक्षकहरुलाई वेवसाइटमा भएका विषेशताहरु र अपलोड गर्ने तरिकाहरुको विषयमा अभिमुखिकरण कार्यक्रम समेत गरिएको रिजालले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital