धादिङ स्पेशल / नीलकण्ठ

गृहपृष्ठ धादिङ स्पेशल / नीलकण्ठ

धादिङबेशीको सितलबजार सडक तत्काल बनाउन स्थानियको माग

धादिङबेशीको सितलबजार सडक तत्काल बनाउन स्थानियको माग

धादिङ : नीलकण्ठ नगरपालिका ३ धादिङबेशीस्थित सितलबजार खण्डको मुल सडक तत्काल बनाउन स्थानियले माग गरेका छन् ।

मुल सडक नै विगत ५÷६ वर्षदेखि जोखिमपूर्ण अवस्थामा रहँदा पनि सरोकारवालाले चासो नदेखाएको भन्दै स्थानियले सरोकारवालालाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मंगलबार स्थानीय जनसमुदाय, विभिन्न संघ संस्था, टोल विकास संस्था लगाएत सबै टोलवासीहरुले हस्ताक्षर गरि प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैरे, जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारी र नीलकण्ठ नगरपालिकालाई ध्यानाकर्षण पत्र बुझाएका हुन्।

&

nbsp;     जोखिमपूर्ण अवस्थामा रहेको सडकलाई मर्मत तथा पुननिर्माण गर्न सम्बन्धीत निकायहरुलाई पटक पटक प्रताव पेश गर्दा पनि वेवास्ता गरेको स्थानीयको गुनासो छ ।

सडक भासिदा सवारी आवातजावत समस्यासँगै बस्ती समेत जोखिममा रहेको हुनाले पहिलाको ग्याबिङ जाली हटाई पुनः सडक निर्माण गर्न माग गरेका छन् । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले समन्वय समितिको बैठकमा कुरा उठाएर अघि बढ््ने आश्वासन दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %
Below Reaction
Below Reaction 2
Nilkantha Na Pa

धादिङ स्पेसल

Dhading Hospital