राजनिति

गृहपृष्ठ राजनिति

राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिएको छ : अध्यक्ष ओली

राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिएको छ : अध्यक्ष ओली

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले समयसमयमा नेपालमा राजनीतिक स्वार्थका लागि साम्प्रदायिक विद्वेष भड्काउन खोजिएको बताएका छन् । उनले नेपाल धार्मिक विद्वेष फैलाउनेहरूबाट जोगिनुपर्ने धारणा राखेका छन् । 

नेपाल मुस्लिम इत्तेहाद संगठनले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले नेपालीहरुले अतिवादमा जानै नहुने बताए । उनले सामाजिक सदभावसहितको राष्ट्रिय एकतालाई सुदृढ बनाउनुपर्नेमा जोड दिएका हुन् ।

नेपाल विविधताको देश हो । हाम्रो सामाजिक विविधता, सांस्कृतिक विविधताहरू पनि छन । यसलाई हामीले, नेपालीहरू सबैले हाम्रो सम्पदा, सामूहिक सम्पत्ति हो भनेर ठान्न सक्नु पर्दछ । यो सम्पत्तिको हामीले त्यसै अनुसार सकारात्मक सदुपयोग गर्ने दृष्टिकोण लिनु पर्दछ ।

यसलाई परस्परमा विद्वेष, घृणा, अनेकता र फाटोको विषय बन्न दिनु हुँदैन । मैले देखेको छु–विश्व राजनीति कहिले कुन धर्म र कुन धर्म । कहिले एउटै धर्म भित्र पनि त्यो पक्ष र त्यो पक्ष भनेर विभिन्न खाले चल्ने गरेका छन्, उनले भने, धर्मका नाउमा ठूलाठूला लडाईँहरु भएका छन ।

धर्मका नाउमा देश विनाश भएका छन । धर्मका नाउमा मानिसहरू मारिएका छन । त्यसकारण हामीले अतिमा जानु हुँदैन । नकारात्मक सोचमा जानु हुँदैन ।

पूर्वप्रधानमन्त्री ओलीले नेपालीहरूबीच आपसी झगडा गराएर मुलुकको सामाजिक सद्भाव बिथोल्ने प्रयास हुनसक्ने भन्दै सचेत पनि गराएका छन् । हाम्रो देश विविधतायुक्त देश हो हरेक हिसाबले ।

यो सम्पदा, सामूहिक सम्पदा सामाजिक न्याय र समानतासहितको सदभावसहितको, पारस्पारिक सदभावसहितको राष्ट्रिय एकतामा जानु पर्दछ । 

     कहिलेकहिले राजनीतिक स्वार्थहरूका लागि, अरु स्वार्थ होइन । राजनीतिक स्वार्थका लागि धर्मलाई हतियार बनाउने गरिन्छ, गरिएको छ। अरुले उचालेका आधारमा अगाडि बढ्न नहुने ओलीको भनाइ छ ।

     हामीले के बुझ्नु पर्छ भने अरुले भड्काई दिएको भरमा, अरुले उचालिदिएको भरमा, अरुले हामीलाई भावनामा बगाइदिएको भरमा हामी उचालिनु, बग्नु हुँदैन । 

     हामी सामाजिक सदभाव कायम गरौं, राष्ट्रिय एकता सुदृढ गरौं । त्यो भावनाका साथ अगाडि बढनु पर्दछ, उनले भने, मैले देखेको छु–समयसमयमा साम्प्रदायिक विद्धेष नेपालमा पनि भड्काउन खोजिएको छ । भडकाइएको छ । मान्छे मराइएको छ ।

      झगडा लगाइएको छ । यस्ता कुराहरू भएका छन् । यसभित्र भड्काउनका लागि अनेक षडयन्त्रहरू भएका छन् । त्यस्ता षड्यन्त्रहरूबाट पनि हामी जोगिनु पर्दछ । ओलीले धर्मको आडमा जनतामा फाटो ल्याएर जनता मराउने, देश सिध्याएर धर्मको नाममा राजनीतिक रोटी सेक्ने काम भएका बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल