अन्तर्राष्ट्रिय / खेलकुद

गृहपृष्ठ अन्तर्राष्ट्रिय / खेलकुद

फ्रेन्च लिग : एमबाप्पेको २ गोलमा पीएजसीले अजुरेलाई २-१ ले पराजित

फ्रेन्च लिग : एमबाप्पेको २ गोलमा पीएजसीले अजुरेलाई २-१ ले पराजित

काठमाडौं : किलियन एमबाप्पेको दुई गोलमा पेरिस सेन्ट जर्मेन (पीएजसी ) ले फ्रेन्च लिग वानमा अजुरेलाई २-१ ले पराजित गरेको छ । यस जितपछि पीएसजी उपाधिको निकै नजिक पुगेको छ ।

लिगमा अब दुई चरणको खेल बाँकी हुँदा पीएसजीले दोस्रो स्थानको लेन्समाथि ६ अंकको अग्रता बनाएको छ । अब बाँकी दुई खेलबाट १ अंक जोडेपछि पीएसजी लिग वान च्याम्पियन बन्नेछ ।

लिग लिडर पीएसजीको ३६ खेलबाट ८४ अंक छ । समान खेलबाट लेन्स ७८ अंकसहित दोस्रोमा छ । अजुरेको मैदानमा पीएसजीका लागि एमबाप्पेले दश मिनेटभित्रै दुई गोल गरेका थिए ।

 

        उनले छैटौं र आठौं मिनेटमा गोल गरे । घरेलु टोली अजुरेका लासिन सिनायोकोले ५१ औं मिनेटमा एक गोल फर्काएपनि हार टार्न पर्याप्त भएन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल