राजनिति

गृहपृष्ठ राजनिति

म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

म्यानचेस्टर सिटीलाई इंग्लिस प्रिमियर लिगको उपाधि

काठमाडौं : दोस्रो स्थानमा रहेको आर्सनल नटिङघम फरेस्टको हातबाट १–० ले पराजित भएपछि म्यानचेस्टर सिटीले शनिबार इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लगातार दोस्रो हारपछि मिखेल आर्टेटाको टिम एक चरणको खेल बाँकी छँदा चार अंकले पछाडि रह्यो ।

ताइवा एवनियीले गरेको गोलले फरेस्ट विजयी रह्यो र यससँगै टिम रेलिगेसनबाट बच्ने निश्चित भएको छ । यसै सिजन फरेस्ट २३ वर्षयता पहिलो पटक प्रिमियर लिगमा फर्केको थियो र आफ्नो चुनौती बचाउन सफल रह्यो ।

       लिगमा अधिकांश समय शीर्षमा रहेको आर्सनलले पछिल्लो समय लय गुमाएको छ । उसले पछिल्ला आठ खेलमध्ये दुईमै मात्र जित निकालेको छ । सिटीसामु भने यस सिजन तीन ठूला उपाधि जित्ने अवसर कायम रह्यो ।

       लिग जितेयता सिटीले अब एफएकप र युरोपेली च्याम्पियन्स लिगको फाइनल खेल्दैछ । सिटीका व्यवस्थापक पेप ग्वार्डिलोले प्रशिक्षकका रूपमा ११ औं लिग उपाधि जितेका छन् । उनले यसअघि बार्सिलोना र बायर्न म्युनिकका लागि पनि लिग जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Love
0 %
WOW
0 %
 Like
0 %
Laugh
0 %
Sad
0 %
Angry
0 %

धादिङ स्पेसल